जनता टाइम्स

२६ श्रावण २०८३, मंगलवार १४:५६

फिफा अध्यक्ष इन्फान्टिनोको बचाउमा उत्रिए अमेरिकी राष्ट्रपति ट्रम्प


काठमाडौं, साउन २६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फिफा अध्यक्ष जियानी इन्फान्टिनोको बचाउमा उत्रिनुभएको छ । सोसल मिडियामा आफ्नो धारणा राख्दै ट्रम्प इन्फान्टिनोको बचाउमा उत्रनुभएको हो ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको व्यापारिक र सञ्चालन अधिकारको करिब २१ प्रतिशत हिस्सा निजी लगानीकर्तालाई बेच्न ुफिफा फरवार्ड इन्टरप्राइजु नामक योजना अघि सारेपछि युरोप, उत्तर अमेरिक र एसियाका फुटबलम महासंघ उनीविरूद्ध छ। यो योजनाको चौतर्फी विरोध भएपछि फुटबल जगत्मा ठूलो विवाद उत्पन्न भएको छ।

योबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ुट्रुथ सोसलु मार्फत इन्फान्टिनोको बलियो समर्थन गरेका छन्। ट्रम्पका अनुसारका इन्फान्टिनोलाई पदबाट हटाउनु फिफाको लागि एउटा भयानक गल्ती हुनेछ। यस्तै इन्फान्टिनो बिना फिफा कहिल्यै सफल र नाफामूलक हुन नसक्ने ट्रम्पको भनाइ छ।

ट्रम्पले इन्फान्टिनोलाई ‘अद्भूत’ व्यक्तिको संज्ञा दिँदै हालै सम्पन्न विश्वकपलाई इतिहासकै सफल बनाउन उनको ठूलो हात रहेको बताएका छन्।

युरोप (युइएफए), उत्तर अमेरिका (कोन्काकफ) र एसियाली फुटबल महासंघ (एएफसी) ले सोमबार एक संयुक्त पत्र जारी गर्दै इन्फान्टिनोमाथि गम्भीर आरोप लगाएका थिए।

संघहरूले इन्फान्टिनोले फुटबलको सामूहिक हितभन्दा माथि आफूलाई राखेको र धोकापूर्ण तरिकाले विश्वास तोडेको बताएका छन्। विश्वकपको शेयर बेच्ने योजनामा ट्रम्पका ज्वाइँ जेरेड कुश्नरका भाइ जोशुआ कुश्नरको कम्पनी ‘थ्राइभ इटर्नल’ मुख्य लगानीकर्ता हुने अपेक्षा गरिएको थियो। यसै कारण पनि ट्रम्पले यसको समर्थन गरेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन ।

बिना कुनै पर्याप्त छलफल र परामर्श, गोप्य रूपमा विश्वकप जस्तो साझा सम्पत्ति बेच्न खोज्नु गलत भएको ती संघहरूको दाबी छ। युरोपेली फुटबल संघले फिफाका प्रतियोगिताहरू बहिष्कार गर्ने र कानुनी कारबाहीमा जाने चेतावनी दिएको छ। केही फुटबल संघहरूले इन्फान्टिनोले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन्।

यदि इन्फान्टिनो पदमा रहिरहे भने केही ठूला फुटबल संघहरू मिलेर फिफाभन्दा छुट्टै नयाँ प्रतियोगिताहरू सञ्चालन गर्नेबारे समेत प्रारम्भिक छलफल सुरु भएको छ। यो बहशसँगै ट्रम्प पनि मैदानमा उत्रनुभएको हो ।