जनता टाइम्स

२७ श्रावण २०८३, बुधबार ०९:३३

राैतहटकाे लालबकैया नदीमा बेपत्ता तीन बालबालिकामध्ये दुईको शव फेला


काठमाडौं, साउन २ । राैतहटकाे लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ । एक बालिका भने अझै बेपत्ता छिन् ।

मंगलबार दिउँसो देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा एक बालक र दुई बालिका बेपत्ता भएका थिय श । बेपत्तामध्ये १० वर्षीय मोहम्मद रहमतुल्लाह र १० वर्षीया सवनम खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । नदीमा शव तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार घटनापछि बेपत्ता बालबालिकाको खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयवासी परिचालन गरिएको थियो । खोजीका क्रममा दुई जनाको शव फेला परेको हो । बेपत्ता रहेकी बालिकाको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।