काठमाडौं, साउन २७ । सामाजिक सञ्जाल फेसबुकमा आमाचकारी गालीगलौजले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रविन्द्र यादव पक्राउ परेका छन ।
स्थानीय सागर यादवलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरेको उजुरी परेपछि प्रहरीले उनलाई मंगलवार साँझ करिब ७ बजे पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सामाजिक सञ्जालमा गरिएको अभद्र व्यवहारसम्बन्धी उजुरीका आधारमा यादवलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।
राजनीतिक बहसदेखि व्यक्तिगत विवादसम्म सत्ताको आडमा सामाजिक सञ्जालमै छिनोफानो गर्ने प्रवृत्ति बढिरहेका बेला यादवको ‘अनलाइन अभिव्यक्ति’ प्रहरीसम्म पुगेको हो ।














प्रतिक्रिया दिनुहोस्