विराटनगर, साउन २७ । नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।
कांग्रेस र एमालेबीचको सहकार्य टुटेसँगै कांग्रेस सरकारबाट बाहिरिएको हो । केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच नयाँ राजनीतिक समीकरणका लागि समझदारी बनेपछि कांग्रेस संसदीय दलले आफ्ना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो ।
कोशी सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी थिए ।
कांग्रेस सरकारबाट बाहिरिएसँगै अब कोशी प्रदेशमा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहनेछ । कांग्रेस २०८१ भदौ २८ गतेदेखि कोशी प्रदेश सरकारमा सहभागी थियो ।














प्रतिक्रिया दिनुहोस्