काठमाडौं, साउन २८ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउनुभएको छ ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई पत्रकारलाई पक्राउ गर्नु लोकतन्त्रको उपहास भएको बताउनुभएको हो ।
उहाँले पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्नसमेत माग गर्नुभएको छ ।
श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरको टोलीले बुधबार साँझ ललितपुरको नख्खुबाट पक्राउ गरेको हो । प्रहरीले उहाँलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसुरको मुद्दामा पक्राउ गरिएको जनाएको छ ।
श्रेष्ठ जनआस्था साप्ताहिकका अध्यक्ष हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्