काठमाडौं, साउन २८ । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसोको तुलनामा राति बढी वर्षा हुने सम्भावना छ ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ । गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।
तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको विभागले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्