काठमाडौं, साउन २८ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि नेपाल फर्किनुभएको छ।
उहाँ बिहीबार दिउँसो करिब साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कुटपिटबाट गम्भीर घाइते हुनुभएका देउवा उपचारका लागि श्रीमती आरजु राणासँगै सिंगापुर जानुभएको थियो। उपचारपछि उहाँ थाइल्यान्ड हुँदै बिहीबार नेपाल फर्किनुभएको हो। उहाँ स्वदेश फर्किए पनि आरजु त्यतै हुनुहुन्छ ।
देउवा नेपाल फर्किनुहुँदा उहाँको स्वागतका लागि नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो। उहाँलाई विमानस्थल बाहिर भव्य स्वागत गरिएको थियो ।
उहाँको नेपाल आगमनसँगै पार्टीको पछिल्लो राजनीतिक अवस्था तथा आगामी गतिविधिबारे कांग्रेसभित्र थप छलफल हुने अपेक्षा गरिएको छ ।
देउवालाई हटाएर गगन थापा समूहले थापालाई पार्टी सभापति बनाइसकेको छ । इतर पक्ष भने सो कुरा स्विकार्न तयार छैन ।













प्रतिक्रिया दिनुहोस्