काठमाडौं, साउन २९। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बरामद गरेका सामानसहित आगामी भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
श्रेष्ठकी पत्नी सरस्वतीले दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले यस्तो आदेश दिएको हो। इजलासले श्रेष्ठको निवास तथा जनआस्था कार्यालयबाट प्रहरीले बरामद गरेका सामानसमेत अदालतमा पेस गर्न आदेश दिएको छ।
बन्दी प्रत्यक्षीकरण रिटका पक्षमा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र अधिवक्ता रमेश बडालले बहस गर्नुभएको थियो।सर्वोच्चको आदेशसँगै श्रेष्ठलाई भदौ १ गते बरामद गरिएका सामग्रीसहित अदालतमा उपस्थित गराइने भएको छ।













प्रतिक्रिया दिनुहोस्