काठमाडौं, साउन ३१। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिष्टहरू संघर्ष र विद्रोहमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने आमरूपमा कमजोर देखिएको बताउनुभएको छ।
उहाँले कम्युनिष्ट आन्दोलनको पुनर्जागरणका लागि विगतका कमजोरीको निर्मम समीक्षा आवश्यक रहेको धारणा राख्नुभएको हो । पोखरेलले कम्युनिष्ट आन्दोलनमा अधिकार र संघर्षका विषयले प्राथमिकता पाए पनि समाज परिवर्तनको मुख्य आधार ‘अर्थराजनीति’ को विषय उपेक्षित रहेको बताउनुभएको छ। उहाँले भन्नुभएको छ, “कम्युनिष्ट आन्दोलनमा अधिकार र सङ्घर्षका कुरा धेरै भए, तर समाज बदल्ने मुख्य आधार ‘अर्थराजनीति’ को विषय उपेक्षित रह्यो।”
क्रान्तिपूर्व ‘सरकार शक्ति सञ्चयको आधार हो’ भन्ने मान्यता व्यवहारमा लागू हुन नसक्दा कम्युनिष्ट पार्टी सरकारमा पुगेपछि आमरूपमा शक्ति क्षयीकरण हुने अवस्था देखिएको उहाँको भनाइ छ। पोखरेलले भन्नुभएको छ, “क्रान्तिपूर्वको ‘सरकार शक्ति सञ्चयको आधार हो’ भन्ने मान्यता व्यवहारमा लागू हुन सकेन< सरकारमा हुँदा आमरूपमा शक्ति क्षयीकरण हुनु पुग्यो।”
कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेका सरकारले देशभक्ति, पूर्वाधार विकास र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य काम गरे पनि त्यसअनुसार जनसमर्थन बढ्न नसकेको उहाँले बताउनुभएको छ। “कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार हुँदा देशभक्ति, पूर्वाधार विकास र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य काम भए तर पनि जनसमर्थन भने बढ्नुको साटो आमरूपमा घट्न पुग्यो,” पोखरेलले भन्नुभएको छ।
उहाँका अनुसार २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको अल्पमत सरकार र २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको नौ महिने वामपन्थी सरकारबाहेक अन्य कुनै पनि वामपन्थी नेतृत्वका सरकारले जनमत बढाउन सकेनन्।“२०५१ को म नमोहन नेतृत्वको अल्पमतको सरकार र २०७२ को केपी ओली नेतृत्वको नौ महिने वामपन्थी सरकारमा बाहेक अन्य कुनै पनि वामपन्थी नेतृत्वको सरकारले जनमत बढाउन सकेनन्,” उहाँले उल्लेख गर्नुभएको छ।
“कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार हुँदा आधारभूत वर्ग र समुदायका जनता नै कम्युनिष्ट पार्टीसँग किन टाढिए ? किन नेता र कार्यकर्तामा सामाजिक परिवर्तनप्रतिको हुटहुटी शिथिल भयो ? भन्ने कुराको निर्मम समीक्षा नगरी कम्युनिष्ट आन्दोलनको पुनर्जागरण सम्भव छैन,”
पोखरेलले २०८२ सालको आम निर्वाचनमा सिंगो वामपन्थी आन्दोलनले बेहोर्नुपरेको असाधारण धक्काले कम्युनिष्ट आन्दोलनबारे नयाँ ढंगले चिन्तन र मनन गर्नुपर्ने अवस्था सिर्जना गरेको बताउनुभएको छ। उहाँले भन्नुभएको छ, “आम निर्वाचन २०८२ मा सिंगो वामपन्थी आन्दोलनले बेहोर्नुपरेको असाधारण धक्काले वाम तथा कम्युनिष्ट आन्दोलनका बारेमा नयाँ ढंगले चिन्तन मनन गर्नुपर्ने ठाउँमा पुर्याएको छ।”
यस्तो अवस्थामा कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हुँदा आधारभूत वर्ग र समुदायका जनता नै कम्युनिस्ट पार्टीबाट किन टाढिए र नेता तथा कार्यकर्तामा सामाजिक परिवर्तनप्रतिको हुटहुटी किन शिथिल भयो भन्ने प्रश्नको गम्भीर समीक्षा गर्नुपर्ने उहाँको भनाइ छ। “कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार हुँदा आधारभूत वर्ग र समुदायका जनता नै कम्युनिष्ट पार्टीसँग किन टाढिए ? किन नेता र कार्यकर्तामा सामाजिक परिवर्तनप्रतिको हुटहुटी शिथिल भयो ? भन्ने कुराको निर्मम समीक्षा नगरी कम्युनिष्ट आन्दोलनको पुनर्जागरण सम्भव छैन,” पोखरेलले भन्नुभएको छ।
समस्याबाट भाग्नुभन्दा त्यसको कारण पहिल्याएर समाधान खोज्दै अघि बढ्नुपर्ने उहाँले बताउनुभएको छ। “हरेक समस्याका पछाडि कुनै न कुनै कारण हुन्छ र त्यसको समाधान पनि त्यसैमा निहित हुन्छ, यो मार्क्सवादी मान्यता हो। तसर्थ समस्या छ भनेर भाग्ने होइन, सामना गरेर अघि बढ्ने हो,” उहाँले भन्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्