काठमाडौं, भदौ २ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली मुस्लिम समुदायका अगुवाबीच आज भेटवार्ता भएको छ।
भक्तपुरको गुण्डुमा मंगलबार भएको भेटवार्तामा अध्यक्ष ओली र मुस्लिम समुदायका अगुवाबीच समसामयिक राजनीतिक तथा सामाजिक विषयमा छलफल भएको जनाइएको छ।
भेटवार्तामा मुस्लिम समुदायका अगुवाहरूले समुदायसँग सम्बन्धित विषय तथा चासोका विषय अध्यक्ष ओलीसमक्ष राख्नुभएको थियो। अध्यक्ष ओलीले समुदायका प्रतिनिधिहरूसँगको भेटघाट र संवादलाई निरन्तरता दिँदै आउनुभएको छ।

















प्रतिक्रिया दिनुहोस्