काठमाडौं, भदौ २। मकवानपुरको हेटौँडा–१९ स्थित वासुदेव खोलाले विद्यालयबाट घर फर्किँदै गरेका चार जना बालबालिकालाई बगाएको छ। घटनामा एक बालिकाको मृत्यु भएको छ भने अन्य तीन जना बालबालिका बेपत्ता छन्।
निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत उनीहरू स्कुलबाट घर फर्किने क्रममा खोलाले बगाएको हो। बगाएकामध्ये एक बालिका मृत अवस्थामा फेला परेकी छन्। अन्य बालबालिकाको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
घटनापछि खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई आवश्यक स्रोतसाधनसहित तत्काल परिचालन गर्न भनिएको छ।
यसैबीच, वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतक बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएकाे छ। साथै, बेपत्ता बालबालिकाको सकुशल उद्धारको कामना गर्दै खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई आवश्यक स्रोतसाधनसहित तत्काल परिचालन हुन निर्देशन दिएको उहाँले बताउनुभयाे।














प्रतिक्रिया दिनुहोस्