काठमाडौं, भदौ ३ । नेकपा एमालेका किरण थापा मगरले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ।
नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा थापा मगरले आज प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो। उहाँलाई एमाले, नेकपा र राप्रपाका गरी ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको जनाइएको छ।
एमाले र नेकपाबीच यसअघि नै बागमती प्रदेशमा सरकार गठनका लागि सहमति भएको थियो। राप्रपाले समेत आज समर्थन जनाएपछि थापा मगरले बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो।
बहुमत सांसदको समर्थनसहित दाबी पेस भएसँगै थापा मगर बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।














प्रतिक्रिया दिनुहोस्