जनता टाइम्स

५ भाद्र २०८३, शुक्रबार १३:५१

राष्ट्रिय भेलापछि बिच्किएका शेखर देउवालाई भेट्न निवासमै पुगे, यस्तो छ कुराकानीको सार


काठमाडौं, भदौ ५ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। १४ओं महाधिवेशनमा सभापतिका प्रतिस्पर्धी दुई नेताबीच शुक्रवार राष्ट्रिय भेलापछिको असन्तुष्टिबारे छलफल भएको हो ।

देउवालाई भेटन नेता कोइरालाले आज निवासमै पुग्नुभएको छ । दुई नेताहरुबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्नेबारे केन्द्रित रहेको थियो । देउवा समूहले गगन थापालाई सभापति अस्वीकार गरेर अघि बढेपछि कांग्रेस विभाजनतिर अघि बढेको छ। संस्थापन पक्षले भने असोजमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याइसकेको छ।

तर, महाधिवेशन रोक्न माग गर्दै आज देउवा समूह सर्वोच्च जाँदै छ। पार्टी विभाजनतिर पुगेपछि नेता कोइरालाले नेताहरूसँग संवाद थालेका हुन्। यता देउवा समुहको राष्ट्रिय भेलापछि पदीय हैीसयत मिलेन भन्दै शेखर पनि असन्तुष्ट बनेर हिडनुभएको थियो ।