जनता टाइम्स

५ भाद्र २०८३, शुक्रबार १५:४२

रास्वपाको सचिवालय विस्तार : इन्दिरा-लीमा-समीक्षादेखि गणेश-शिशिर-मनिषसम्म अटाए


काठमाडौं, भदौ ५ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय विस्तार गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गरेको हो । बैठकले सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कविन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वकोषाध्यक्ष लिमा अधिकारीलाई समावेश गरेको छ ।

यस्तै दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झा पनि सचिवालयमा समेटिनु भएको छ । सचिवालयमा समेटिएका सवै नेता संस्थापन निकट रहेका छन ।