काठमाडौं, भदौ ५ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ।
पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टाछुट्टै रिट सर्वोच्च अदालतमा दायर भएको हो । देउवा नेतृत्वको कांग्रेसका प्रवक्ता मीन बिश्वकर्माका अनुसार दुवै नेताको तर्फबाट सर्वाेच्चमा छुट्टाछुट्टै रिट पुगिसकेको छ।
गत पुसमा सम्पन्न बिशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा समुहले महाधिवेशन प्रकृया अघि बढाएपछि देउवा र खडका सर्वाेच्चमा रिट लिएर पुग्नुभएको हो । दुवै नेताहरूको तर्फबाट कानून व्यवसायीले सर्वोच्च पुगेर रिट दर्ता गरेका हुन्।
देउवा र खडकाले असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अघि बढाएको कार्यतालिका रोक्न माग गर्नुभएको छ । पार्टीको आधिकारिता विवादमा पुनः सुनुवाइ गर्न सर्वोच्चले निस्सासमेत दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दासम्म महाधिवेशनसम्बन्धी काम अघि नबढाउन नमिल्ने देउवा समुहको तर्क छ।
असोज १६–१९ मा महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ। तर इतर पक्षको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। सोही अडानसहित दुवै नेता अदालतको ढोका ढकढक्याउन पुग्नुभएको हो ।














प्रतिक्रिया दिनुहोस्