काठमाडौं, भदाै ५ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार कुमार व्यञ्जनकार (बेन) को निवासमा गृहमन्त्री र प्रहरी प्रमुखबीच मध्यरातसम्म बैठक बसेकाे तथ्य बाहिर आएकाे छ ।
बेन निवास ललितपुरमा गृहमन्त्री सुधन गुरुङ र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच बिहीबार मध्यरातीसम्म भेटवार्ता भएको हाे । भेटवार्ताका लागि गहमन्त्री गुरुङ र आईजीपी कार्की साँझ छिप्पिएपछि बेनको ललितपुर महानगरपालिका-१० ज्वागलस्थित वेनकाे निवासमा कुराकानी भएको हो ।
सत्तारुढ दल रास्वपाकै सांसदले प्रहरी नेतृत्व बिरुद्ध मिसन चलाइरहेकाे बेला भएकाे मध्यरातसम्मकाे वार्तालाई अर्थपूर्ण रुपमा लिइएकाे छ । भेटवार्ता र कुराकानीको बिस्तृत विवरण दुबै पक्षले औपचारिक रूपमा जानकारी भने गराएका छैनन् ।














प्रतिक्रिया दिनुहोस्