काठमाडौं, भदौ ६ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपा सभापति रवि लामिछानेलाई तुरुन्तै प्रधानमन्त्री बन्न सुझाव दिनुभएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहबाट मुलुक नचल्ने प्रमाणित भइसकेको भन्दै साम्पाङले देशलाई बर्वाद हुन नदिन तत्कालै सरकारको नेतृत्व लिन रविलाई सुझाउनु भएको हो ।
साम्पाङका अनुसार रास्वपा वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारबाट देश नचल्ने, नबन्ने प्रष्ट भइसकेको छ । सभापति लामिछानेलाई आग्रह गर्दै हर्कले लेख्नुभएको छ, ‘रविजीले तुरुन्तै ढिलो नगरी सरकार सम्हाल्नुपर्छ, यो सरकार रहिरहने हो भने न सुशासन हुन्छ न विकास !’
जनतालाई ग्यास समेत दिन नसकेको सरकारबाट थप अपेक्षा गर्न नसकिने उहाँको भनाइ छ।














प्रतिक्रिया दिनुहोस्