रसुवा, भदौ ६ । रसुवाको उत्तरगया गाउँपालिका–१ तिरुमा वर्षासँगै आएको पहिरोले ११ वटा घर तथा गोठमा पूर्ण तथा आंशिक क्षति पुर्याएको छ। पहिरोबाट करिब २९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
शुक्रबार राति करिब १० बजे काजुलाबाट खसेको पहिरोले स्थानीयका घर तथा गोठमा क्षति पुर्याएको हो। पहिरोका कारण ६५ जना विस्थापित भएका छन्।
पहिरोमा परी पशुचौपाया तथा घरगोठमा पूर्ण र आंशिक क्षति पुगेको जनाइएको छ। घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
स्थानीय तथा सम्बन्धित निकायबाट क्षतिको थप विवरण सङ्कलन भइरहेको जनाइएको छ।














प्रतिक्रिया दिनुहोस्