काठमाडौं । नेकपा एमाले बागमती प्रदेशका जनसंगठनहरूले आगामी तीन महिनालाई संगठन विस्तार, सदस्यता नवीकरण, रचनात्मक कार्यक्रम तथा जनपरिचालनमा केन्द्रित गर्ने भएका छन्।
आज सम्पन्न बागमती प्रदेश जनसंगठन समन्वय संयन्त्रको कार्यशालाबाट आगामी तीन महिनाका लागि विभिन्न सांगठनिक प्रस्ताव पारित गर्दै जनसंगठनहरूलाई संगठन सुदृढीकरण र विस्तारमा सक्रिय बनाउने निर्णय गरिएको हो।
कार्यशालाबाट पारित प्रस्तावअनुसार बागमती प्रदेश कमिटी र राजधानी प्रदेश कमिटीमा रूपान्तरण हुन बाँकी जनसंगठनहरूले भदाै महिनाभित्रै संगठन कमिटी, सम्मेलन आयोजक कमिटी वा प्रदेश सम्मेलन तथा अधिवेशनका माध्यमबाट कमिटी गठन गर्ने भएका छन्।
त्यसैगरी संगठनका नियमित कामअन्तर्गत भेला, विस्तारित बैठक, पूर्ण बैठक, सदस्यता वितरणलगायत रचनात्मक गतिविधि तत्काल सुरु गरिने जनाइएको छ। बागमती र राजधानी प्रदेश कमिटीमा रूपान्तरण भइसकेका जनसंगठनले पनि आगामी तीन महिनाभित्र जिल्ला तथा पालिका तहसम्म संगठन विस्तारसम्बन्धी योजना बनाएर कार्यान्वयन गर्ने प्रस्ताव पारित गरेका छन्।
जनसंगठनहरूले आफ्ना समुदाय, वर्ग, पेसा तथा स्वयंसेवक केन्द्रित मुद्दा पहिचान गरी संगठन विस्तारमा उपयोग गर्ने र आगामी तीन महिनाभित्र समुदाय, वर्ग तथा पेसाअनुसार लक्षित सदस्यता वितरणलाई तीव्रता दिने निर्णय गरेका छन्। प्रस्तावअनुसार सामुदायिक संगठनले २०/२० हजार, वर्गीय संगठनले १०/१० हजार र स्वयंसेवी संगठनले ५/५ हजार सदस्यता वितरण गर्ने लक्ष्य राखिएको छ।
यस्तै, प्रत्येक जनसंगठनले आफ्नो समुदाय, वर्ग, पेसा र स्वयंसेवामुखी गतिविधिमा आधारित कम्तीमा एक रचनात्मक कार्यक्रम आयोजना गर्ने भएका छन्। पार्टी सदस्यता नवीकरण गर्न बाँकी रहेका २३ वटै जनसंगठनका सदसस्यलाई भदौ महिनाभित्र पार्टी सदस्यता नवीकरण गराउन नेतृत्व गर्ने निर्णय पनि गरिएको छ।
जिल्ला जनसंगठन समन्वय संयन्त्रको आयोजनामा पनि यही तहको कार्यशाला सञ्चालन गरिने भएको छ। २३ वटै जनसंगठनले आफ्ना कामलाई प्रभावकारी बनाउन आ–आफ्नो समुदाय, वर्ग, पेसाकर्मी तथा स्वयंसेवकसँग जोडिने माध्यमको अधिकतम सदुपयोग गर्ने प्रस्ताव पारित गरेका छन्।
पार्टीको नीति र नेतृत्वको रक्षा तथा आफ्ना समुदाय, वर्ग, पेसा र स्वयंसेवकको हकहितको रक्षा गर्दै सामाजिक सञ्जालको अधिकतम सदुपयोग गर्ने, जनसंगठनहरूको संगठनको लेखापरीक्षणसम्बन्धी प्रक्रिया सम्पन्न गर्ने तथा पार्टी केन्द्रद्वारा जारी ‘मिसन पार्टी जागरण अभियान–२०८३’ का लागि जनसंगठनसँग सम्बन्धित जिम्मेवारी पूर्ण रूपमा पूरा गर्ने निर्णय गरिएको छ।
त्यसैगरी २३ वटै जनसंगठनबाट आफ्नै संगठनमा नयाँ पुस्तामा आकर्षण पैदा गर्न विशेष अभियान शुभारम्भ गर्ने र वर्तमान सरकारले गरेका जनविरोधी गतिविधिविरुद्ध प्रत्येक जनसंगठनले कम्तीमा एक–एक वटा आन्दोलनका कार्यक्रम गर्ने कार्ययोजना पारित भएको छ।
आगामी ३ महिना केन्द्रित पारित सांगठनिक प्रस्तावहरू
१. बागमती प्रदेश कमिटी र राजधानी प्रदेश कमिटीमा रूपान्तरण हुन बाँकी जनसंगठनहरूले भाद्र महिना भित्र संगठन कमिटी या सम्मेलन आयोजक कमिटी या प्रदेश सम्मेलन र अधिवेशनको माध्यमबाट कमिटी बनाइनेछ ।
२. संगठनको नियमित काम (भेला, विस्तारित बैठक, पूर्ण बैठक, सदस्यता वितरण र रचनात्मक काम) तत्काल सुरु गरिनेछ ।
३. दुई वटा कमिटी (बागमती प्रदेश कमिटी र राजधानी प्रदेश कमिटी) मा रूपान्तरण भइसकेका जनसंगठनहरूले तत्काल तीन महिनाभित्र जिल्ला र पालिका तहमा आ-आफ्नो संगठनको विस्तार सम्बन्धी योजना बनाई कार्यान्वयन गरिनेछ ।
४. प्रत्येक जनसंगठनले आ-आफ्नो समुदाय, वर्ग, पेसागत स्वयंसेवक केन्द्रित मुद्दाहरू सङ्कलन गरिनेछ ।
५. आगामी तीन महिना भित्र प्रत्येक सामुदायिक संगठनले २०/२० हजार, वर्गीय संगठनले १०/१० हजार र स्वयंसेवी संगठनले ५/५ हजार आ-आफ्नो संगठनको सदस्यता वितरण गरिनेछ ।
६. प्रत्येक संगठनले आ-आफ्नो समुदाय, वर्ग, पेसा र स्वयंसेवा केन्द्रित एक रचनात्मक कार्यक्रम आयोजना गरिनेछ ।
७. पार्टी सदस्यता नवीकरण गर्न बाँकी रहेका २३ वटै जनसंगठनका कमरेडहरूलाई भाद्र महिना भित्र पार्टी सदस्यता नवीकरण गराउन नेतृत्व गर्ने ।
८. प्रत्येक जिल्ला जनसंगठन समन्वय संयन्त्रको आयोजनामा यही तहको कार्यशाला आयोजना गरिनेछ ।
९. २३ वटै जनसंगठनले आ-आफ्नो कामलाई प्रभावकारी बनाउन र आ-आफ्नो समुदाय, वर्ग, पेसाकर्मी र स्वयंसेवासँग जोडिने माध्यमलाई अधिकतम सदुपयोग गरिनेछ ।
१०. पार्टीको नीति र नेतृत्वको रक्षा तथा आ-आफ्नो समुदाय, वर्ग, पेसा र स्वयंसेवाको हक, हितको रक्षा सुनिश्चित गर्न सामाजिक सञ्जाललाई अधिकतम सदुपयोग गरिनेछ ।
११. २३ वटै जनसंगठनले आ-आफ्नो संगठनको लेखापरीक्षण सम्बन्धी प्रक्रिया सम्पन्न गरिनेछ ।
१२. पार्टी केन्द्रद्वारा जारी ‘मिसन पार्टी जागरण अभियान-२०८३’ का लागि जनसंगठनसँग सम्बन्धित जिम्मेवारी पूर्णतः पूरा गरिनेछ ।
१३. २३ वटै जनसंगठनबाट आ-आफ्नो संगठनमा नयाँ पुस्तामा आकर्षण पैदा गर्न विशेष अभियान शुभारम्भ गरिनेछ ।
१४. २३ वटै जनसंगठनले वर्तमान सरकारले गरेका जनविरोधी गतिविधि विरुद्ध कम्तीमा १-१ वटा आन्दोलनका कार्यक्रम गरिनेछ ।
२०८३ भाद्र ७ गते














प्रतिक्रिया दिनुहोस्