काठमाडौं, भदौ ८ । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार सोमबार साँझ करिब ५ः४५ बजे गल्याङबाट गल्याङ नगरपालिका–९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जिप उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको र घाइते १० जनालाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
जिपमा कति जना सवार थिए भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । मृतक तथा घाइतेको परिचयसमेत खुल्न बाँकी रहेको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्