रामेछाप, भदाै ९ । एक ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा १८ वर्षीय प्रेम बिसुङ्खे रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार भदौ २ गते दिउँसो करिब ४ः३० बजे ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार रहेका बिसुङ्खेको खोजतलास गर्ने क्रममा भदौ ३ गते दिउँसो करिब २ बजे रामेछाप नगरपालिका–४ तिलबारीमा लुकिछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरिएको हो।
पक्राउ परेका बिसुङ्खेलाई सोही दिन रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा उनी यसअघि चोरी मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पकली, सुनसरीको हिरासत कक्षमा रहेका बेला २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा हिरासतबाट भागेर फरार भएको खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले घटनाबारे थप अनुसन्धान भइरहेकाे जानकारी दिनुभयाे ।














प्रतिक्रिया दिनुहोस्