जनता टाइम्स

९ भाद्र २०८३, मंगलवार १४:३४

आकाशे पुल प्रयोग गर्न भन्दा काठमाडौंको बानेश्वरमा महिला प्रहरीमाथि नै हातपात


काठमाडौं, भदौ ९ । संघीय राजधानी काठमाडौंमै ड्यूटीमा रहेकी महिला प्रहरीमाथि हातपात भएको छ ।

मंगलबार बिहान काठमाडौंको बानेश्वरमा खटिएकी महिला प्रहरी जवानमाथि एक पुरूषले हातपात गरेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार ती पुरूषलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा जुम्ला तातोपानी गाउँपालिका वडा २ घर भई हाल बानेश्वर–१० मा बस्ने २७ वर्षका राज कठायत रहेको प्रहरीले जनाएको छ । महिला प्रहरी जवानले जथाभावी बाटो काट्न खोजेका कठायतलाई आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा आक्रमण गरेको प्रहरीले जनाएको छ ।

आकासे पुलको प्रयोग गर्न भन्दा प्रहरी जवानमाथि कठायतले हातपात गरेका थिए,’ थापाले भन्नुभयो । ड्यूटीमा रहेकी ट्राफिक महिला प्रहरीले आफूलाई जेनजी भन्दै हातपात गरेको घटनास्थलमै बताउनु भएको थियो । हातपात गरेलगत्तै प्रहरीले कठायतलाई पक्राउ गरेको छ ।

महिला प्रहरीमाथि हातपात गरेपछि प्रत्यक्षदर्सीले नै ती युवालाई समात्न सघाएका थिए । ती युवाले महिला ट्राफिक प्रहरीको घडी चुडाउनुका साथै हातपात गरेका हुन । पीडित महिला प्रहरीले ‘यहाँबाट मिल्दैन, माथि आकासे पुुलबाट जानुस भन्दा तिमीहरूले के गर्छाैं भन्दै हातपात गरेको’ जानकारी दिनुभएको छ ।

ती युवाले आफ्नो शीरको टोपीसमेत उडाइदिएर आक्रमण गरेको जानकारी दिनुभयो ।