काठमाडौं, भदौ ९ । जेनजी आन्दोलनको मौका छोपेर भागेको अभियुक्त एक बर्ष नपुग्दै बलात्कार आरोपमा पक्राउ परेका छन ।
पक्राउ पर्नेमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका ४ तिलबारीका प्रेम बिसुङ्खे रहेका छन । उनलाई सोही स्थानबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जाकनारीअनुसार बिसुङखेलाई भदौ ३ गते पक्राउ गरिएको हो ।
भदौ २ गते ६१ बर्षीया महिलालाई जवरजस्ती करणी गरी फरार रहेकोले खोजतलास गरी पक्राउ गरिएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बलात्कारका आरोपी बिसुङ्खेलाई पीडितले दिएको जाहेरीपछि पक्राउ गरि जिल्ला अदालतबाट भदौ ३ गते नै म्याथ थप गरेर अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका बिसुङखे गत बर्ष भदौ २३ र २३ गते भएको जेनजी आन्दोलनको क्रममा भागेका थिए ।
अनुसन्धानको क्रममा मिति २०८२ भाद्र २४ मा भएको जेनजी आन्दोलनको समयमा चोरी मुद्दाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय पकली सुनसरीको हिरासत कक्षबाट भागी फरार रहेको ब्यहोरा खुल्न आएको जानकारीका लागि सूचित गरिन्छ,’ जिल्ला प्रहरी कार्यालय रामेछापले सोमवार जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।















प्रतिक्रिया दिनुहोस्