काठमाडौं, भदौ १०। प्रधानमन्त्री बालेन्द्र साहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनुहुने भएको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोध्नुभएका प्रश्नको प्रधानमन्त्री साहले जवाफ दिनुहुने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री साहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ समेत प्रस्तुत गर्नुहुनेछ। यस अघि साह प्रतिनिधि सभा बैठकमा जवाफ दिनबाट भाग्दै आउनु भएकाे थियाे । प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतकाे सीमाना मिचेकाे छ भन्ने अभिव्यक्ति दिएपछि साहकाे आलाेचना भइरहेकाे छ । सांसदहरुले उहाँसँग यसकाे जवाफ मागिररहेका छन् ।
यस्तै, आजकाे बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।
यसैबीच, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्ने भएको छ।














प्रतिक्रिया दिनुहोस्