जनता टाइम्स

१० भाद्र २०८३, बुधबार १५:१५

रसुवा पुगेका ३ सय ८४ पर्यटक सम्पर्कविहीन : २ सय ९१ विदेशी र ९३ नेपाली


काठमाडौं, भदौ १०। रसुवामा भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा पुगेका ३ सय ८४ आन्तरिक तथा बाह्य पर्यटक सम्पर्कविहीन भएका छन् । 

नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त विवरणका आधारमा उक्त सङ्ख्यामा पर्यटक सम्पर्कविहीन रहेको जनाएको छ। सम्पर्कविहीनमध्ये २ सय ९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक रहेका बोर्डले जानकारी दिएको छ।

बोर्डका अनुसार ट्राभल एजेन्सी, पर्यटक गाइड, स्थानीय निकाय तथा सुरक्षा निकायसँग विवरण पुष्टि गरेपछि उक्त पर्यटकहरू सम्पर्कविहीन रहेको तथ्याङ्क प्राप्त भएको हो।

भोटेकोसीमा आएको आकस्मिक बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठुलो क्षति पुगेको छ। बाढीका कारण सडक तथा सञ्चार सम्पर्क प्रभावित भएपछि पर्यटकसँग सम्पर्क स्थापित गर्न कठिनाइ भएको जनाइएको छ।

सम्पर्कविहीन पर्यटकहरूको अवस्थाबारे थप विवरण सङ्कलन तथा खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बोर्डले जनाएको छ।