रामेछाप, भदौ ११ । रसुवामा भोटेकोसी नदीमा आएको भीषण बाढी पछि रामेछापका २६ जना नागरिक सम्पर्कवहीन भएका छन् । हालसम्म प्राप्त विवरणअनुसार उनीहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्।
हराइरहेका नागरिकको खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा स्थानीयवासीलाई आवश्यक पहल गर्न परिवारजनले आग्रह गरेका छन्।
वाग्मती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले बेपत्ता व्यक्तिका परिवारजनलाई भरपर्दो सूचना नआएसम्म नआत्तिई धैर्य गर्न आग्रह गर्नुभएको छ। उहाँले खोजी तथा उद्धार कार्यमा सबै पक्षले आवश्यक सहयोग र समन्वय गर्नुपर्ने बताउनुभएको छ।
प्राप्त विवरणअनुसार सम्पर्क नभएकाहरूमा रामेछाप नगरपालिका, मन्थली नगरपालिका, खाँडादेवी, दोरम्बा शैलुङ, गोकुलगंगा, उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकाका नागरिक रहेका छन्।
सम्पर्कविहीन व्यक्तिहरूको नामावली
रामेछाप नगरपालिका
१. दिलबहादुर प्रधान — वडा नं. ३, साँघुटार
२. मीन आले मगर — वडा नं. ४, हिमगंगा
३. नवराज आले मगर — वडा नं. ४, हिमगंगा
४. सुमनविक्रम कार्की — वडा नं. ७, हिलेपानी
५. गुन्ज श्रेष्ठ — वडा नं. १, गोठपानी
६. नवराज श्रेष्ठ — वडा नं. १, गोठपानी
७. राजन श्रेष्ठ — वडा नं. १, गोठपानी
मन्थली नगरपालिका
८. सुन्दर श्रेष्ठ — वडा नं. १, मन्थली
९. दीपक भुजेल — वडा नं. १, मन्थली
खाँडादेवी गाउँपालिका
१०. उत्तम प्रसाईं — वडा नं. ४, पकरबास
११. टलकबहादुर भण्डारी — वडा नं. ८, गागल
१२. प्रकाश मंग्राती — वडा नं. ४, पकरबास
दोरम्बा शैलुङ गाउँपालिका
१३. डम्बरबहादुर मगर — वडा नं. २, दोरम्बा
१४. सूर्यबहादुर मगर — वडा नं. २, दोरम्बा
१५. वमबहादुर मगर — वडा नं. २, दोरम्बा
१६. तारानाथ चौलागाईं (नवराज) — वडा नं. ६, माथिल्लो ढाडे
१७. पेन्जु लामा (विशाल) — वडा नं. १, डडुवा
१८. लाक्पा दोर्जे शेर्पा — वडा नं. १, डडुवा
१९. निरा थापा — वडा नं. ४, गौश्वारा
गोकुलगंगा गाउँपालिका
२०. राजु गजमेर (बिजुल) — वडा नं. ४, बेताली
२१. ईश्वरीबहादुर खड्का (कुमार) — वडा नं. ४, बेताली
उमाकुण्ड गाउँपालिका
२२. ङिमा शेर्पा — वडा नं. १, तेछिम
२३. मधुकुमार कार्की — उमाकुण्ड
लिखु तामाकोशी गाउँपालिका
२४. बुद्धिमान तामाङ — वडा नं. ५, नागदह
२५. कुशल बुढाथोकी — वडा नं. ५, नागदह, भालुखोप
पालिका नखुलेको
२६. हेमलाल श्रेष्ठ — ठेगाना खुल्न बाँकी
उक्त विवरण प्रारम्भिक भएकाले खोजी तथा उद्धारका क्रममा सम्पर्कमा नआएका व्यक्तिको संख्या वा विवरणमा थपघट हुन सक्ने जनाइएको छ। सम्बन्धित निकायबाट प्राप्त आधिकारिक तथा पछिल्लो विवरणका आधारमा थप सूचना सार्वजनिक गरिने बताइएको छ।














प्रतिक्रिया दिनुहोस्