काठमाडौं, भदाै ११। रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या २७० पुगेको छ। बाढीपछि विभिन्न जिल्लामा गरी २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको छ। त्यस्तै, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
बाढीमा परी घाइते भएका ६६ जना देशका विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। उपचाररत व्यक्तिमध्ये १४ जना डिस्चार्ज भइसकेका छन्।
प्रहरीका अनुसार बाढीपछि २८ जना प्रहरी कर्मचारीसमेत सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन प्रहरी कर्मचारी तथा बाढी प्रभावित अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्