जनता टाइम्स

१३ भाद्र २०८३, शनिबार १५:०७

नेपाल आइपुग्यो चिनियाँ उद्धार टोलीसहितको हेलिकप्टर


काठमाडौं, भदौ १३ । बुधबार बिहानको बाढीदेखि रसुवाका विभिन्न जलविद्युत परियोजनाको सुरुङ्गमा फसेका नेपाली र बिदेशी इन्जिनियर,प्राविधिक र कामदारहरुको उध्दारका निम्ति छिमेकी चीनले पठाएको बिज्ञहरुसहितको हेलिकप्टर नेपाल आइपुगेको छ ।

जनमुक्ति सेनाका  सुरुङ्ग उध्दारक ४ जना बिज्ञ त्यसमा सवार छन् । समय बचत र राहतलाई उच्च प्राथमिकता दिँदै हेलिकप्टर केरुङ्ग पट्टीबाट सीधै विद्युतगृहमा ल्याण्ड गरेको नेपाली सुरक्षा श्रोतले जनाएको छ ।