जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार १८:०९

रसुवा जाने अर्को छोटो वैकल्पिक मार्ग सञ्चालनमा,  नुवाकोटको विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै जान सकिने 


काठमाडौं, भदौ १४। भाेटेकाेशीले क्षतविक्षत बनाएकाे रसुवा जाने अर्को छोटो वैकल्पिक सडकमार्ग सञ्चालनमा आएको छ।

बागमती प्रदेश सरकारले नुवाकोटको विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जाने सडक पहिरो हटाएर सुचारु गरेको हो। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय नुवाकोटले पहिरो हटाएपछि सडक सञ्चालनमा आएको मुख्यमन्त्री किरण थापाले जानकारी दिनुभयाे । 

पूर्वाधार विकास कार्यालय नुवाकोटका अनुसार विदुरदेखि जिरोकिलोसम्मको दूरी करिब १५ किलोमिटर रहेको छ। मुख्य सडकखण्ड अवरुद्ध भइरहेका बेला यो वैकल्पिक मार्ग सञ्चालनमा आएपछि काठमाडौंबाट रसुवा जाने–आउने यात्रुलाई थप सहज हुने भएकाे छ । यसले बाढी प्रभावित क्षेत्रका उद्धार र राहत सामाग्री पुर्याउन सहज हुने भएकाे छ ।