काठमाडौं, भदौ १५ । देशका विभिन्न भूभागमा आज वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेकाले देशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा मधेस र कोसी प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।
पहाडी भूभाग तथा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
मधेस प्रदेश तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
रातिको समयमा कोसी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र र वाग्मती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
विभागले कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्