काठमाडौं, भदौ १५ । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारले गरिरहेको खोज, उद्धार तथा राहतका कामबारे छलफल भएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो।
भेटमा बाढी प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका विषयमा छलफल भएको थियो।
यसैबीच, प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट उत्पन्न संकट समाधानका लागि सुरक्षा निकायका प्रमुखहरूसँग पनि छलफल गर्नुभएको छ।
प्रधानमन्त्री शाहले प्रधानसेनापति अशोकराज सिग्देललगायत सुरक्षा निकायका प्रमुखसँग छुट्टाछुट्टै छलफल गरी हालसम्म भएका खोज तथा उद्धार, राहत वितरण र प्रभावित क्षेत्रको व्यवस्थापनबारे ब्रिफिङ लिनुभएको दाहालले बताउनुभयो।














प्रतिक्रिया दिनुहोस्