जनता टाइम्स

१६ भाद्र २०८३, मंगलवार ०८:३२

मौसमविद्को सुझावः बिहानै उद्धार र राहत वितरण गर्न उपयुक्त


काठमाडौँ, भदौ १६ मौसमविद् विनोद पोखरेलले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणको काम बिहानको समयमा गर्नु उपयुक्त हुने बताउनुभएको छ।

उहाँका अनुसार रसुवा र नुवाकोटमा आगामी एक सातासम्म बिहान मौसम तुलनात्मक रूपमा सफा रहने तथा अपराह्नपछि वर्षा हुने सम्भावना रहेकाले उद्धार र राहतका लागि बिहानको समय बढी अनुकूल देखिएको हो। (Baahrakhari)

मौसमविद् पोखरेलले सामाजिक सञ्जालमार्फत अबको एक सातासम्म रसुवा र नुवाकोटमा बिहान वर्षा रोकिने र अपराह्नपछि पुनः पानी पर्ने सम्भावना रहेको उल्लेख गर्नुभएको छ।

उहाँले यही मौसमी अवस्थालाई ध्यानमा राखेर उद्धार तथा राहत वितरणको समय व्यवस्थापन गर्न सुझाव दिनुभएको हो।

जल तथा मौसम विज्ञान विभागले पनि आज वाग्मती प्रदेशमा दिउँसो र रातिको समयमा वर्षा हुने पूर्वानुमान गरेको छ।