जनता टाइम्स

१० पुष २०७६, बिहीबार १५:२७

महिलामन्त्री गुरुङको सह्रानीय काम : हेलिकोप्टरबाट तत्कालै गरियो सुत्केरी महिलाको उद्धार


दोलखा, पुस १० । दोलखा विगु गाउँपालिका वडा नम्वर ८ खोपाचागुकी एक गम्भीर अवस्थाकी सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पावृत गुरुङको बिशेष पहलमा खोपाचागु निवासी निर्मल खड्काकी १७ वर्षिया श्रीमती सुस्मा श्रेष्ठ खड्कालाई जटिल अवस्थामा हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

खडकालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा जटिल सल्यक्रिया गरिएकी खडकाको रक्तश्राव नरोकिएपछि अवस्था गम्भीर बनेको छ । उहाँलाई मन्त्री गुरुङको बिशेष पहलमा नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

शल्यक्रियापछि आमाको अवस्था जटिल बनेपनि बच्चाको अवस्था भने सामान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । बुधवार दिउँसोदेखि सुत्केरी व्यथा सुरु भएपछि उहाँलाई खोपाचागु स्वास्थ्यचौकी भर्ना गरिएको थियो । तर लामो समयसम्म सुत्केरी हुन नसकेपछि सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएको थियो । मन्त्री गुरुङले बिरामीको संवेदनसीलता ख्याल गरी तत्कालै उद्धार गराउनु भएको हो ।