जनता टाइम्स

११ पुष २०७६, शुक्रबार १५:१२

मिर्गौला डायलाइसिस गर्न प्रधानमन्त्री ओली अस्पतालमा


काठमाडौं, पुस ११

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलाइसिसका लागि त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्ज पुग्नुभएको छ । प्लाज्मा फेरेसिसले काम नगरेपछि उहाँले नियमित डायलाइसिस गर्दै आइरहनुभएको छ ।

नियमित डायलाइसिसका लागि प्रधानमन्त्री ओली आज विहान अस्पताल पुग्नुभएको र बेलुकीसम्म निवास फर्किने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओलीको फेरिएको मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलाइसिस गर्दै आउनुभएको छ ।