जनता टाइम्स

११ पुष २०७६, शुक्रबार १६:१०

डायलाइसिसपछि निवास फर्कनुभयो प्रधानमन्त्री ओली


काठमाडौं, पुस ११ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलाइसिस गरेर निवास बालुवाटार फर्कनुभएको छ । प्रधानमन्त्री ओली डायलाइसियस गरी केहीबेर अघि निवास फर्कनुभएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली डाइलाइसिसका लागि आज बिहान त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्ज पुग्नुभएको थियो । प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओली त्यहा नियमित डायलाइसिस सकाएर दिउँसो ३ बजे निवास फर्किनु भएको हो ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू नियमित डाइलासिस गरी शिक्षण अस्पतालबाट निवास फर्किनु भएको जानकारी गराउन चाहन्छु,’ प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत पनि प्रधानमन्त्री ओली निवास फर्कनुभएको जानकारी दिनुभएको छ ।