जनता टाइम्स

१३ पुष २०७६, आईतवार ०८:३५

नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मीनभवनमा एक जनाको ज्यान गयो


काठमाडौं, १३ पुस ।  मीन भवनमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

शनिबार राति नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक वृद्धाको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउने वृद्धाको परिचय र ठक्कर दिने सवारी साधनको नम्बर पनि नखुलेको प्रहरीले जानकारी दिएको छ ।