जनता टाइम्स

१३ पुष २०७६, आईतवार ०९:५९

भ्रमण वर्षको पूर्वसन्ध्यामा विश्व १४ ठुला टावरमा नेपाली झण्डा फहराउने तयारी


काठमाडौं, पुष १३

भ्रमण वर्ष आउन केही दिनमात्र बाँकी रहदा यसको प्रचारप्रसार तिव्र बनाइदैछ । यसैक्रममा विश्वका १४ शहरका ठुला भवनमा नेपालको राष्ट्रिय झन्डा र भ्रमण वर्षको लोगो फहराउने तयारी भएको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईको पहल र गैर आबासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तको अग्रसरतामा यो कार्य हुन लागेको हो । डिसेम्बर ३१ को रातमा विश्वका १४ देशका शहरमा झन्डा फहराउने तयारी भईरहेको मन्त्री भट्टराईले जानकारी दिनुभयो । उहाले गरेको आग्रहलाई अध्यक्ष पन्तले स्विकार गर्दै सम्वन्धित देशका एनआरएनएहरुलाई अनुरोध गरिसकिएको बताउनु भयो ।

मन्त्री भट्टराईका अनुसार सिड्नी, न्युजिल्याण्ड, टोक्यो, सियोल, दोहा, दुवई, हङकङ, म्युनिख, ब्रसेल्स, लण्डन, न्युयोर्क, डब्लिन, टोरोन्टो र सिकागोमा फहराउन लागिएको हो । साथै उहाले सो स्थान बाहेक अन्य ठाउँमा समेत यो कार्यलाई अघि बढाउन सम्बन्धित देशका एनआरएनएसँग अनुरोध गर्नुभएको छ ।