जनता टाइम्स

१३ पुष २०७६, आईतवार १२:४८

भौतिक पूर्वाधारमन्त्री बशन्त नेम्वाङको त्यो एक्शन, जस्ले ल्यायो उपत्यकाबासीले अनुभुति गर्ने यस्तो परिणाम


काठमाडौं, पुस १३ । ‘एउटा मान्छेले कति फरक पार्दाेरहेछ भन्ने प्रमाण हो यो सडकमा देखिएको सुधारको काम,’ आइतवार बिहान नयाँ बानेश्वर तीनकुने सडक खण्डमा मोटरसाइकलमा यात्रा गरिरहेका दुई युवतीबीचको सम्वाद हो यो । अत्यन्तै धुलो र खाल्डाखुल्डीमा यात्रा गर्ने बानी परिसकेका उनीहरु भन्दै थिए, ‘मन्त्री फेरिन साथ यति राम्रो काम भयो, गर्नेलाई थोरै समय पनि काफी हुँदोरहेछ ।’ उनीहरु मात्रै होइन, उपत्यकाका सडकमा यात्रा गर्ने जोकोही आजभोलि सडक सुधार भएकोमा खुसी देखिन्छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्र उपत्यकाको सवै सडकको खाल्डाखुल्डी पुर्न निर्देशन दिनुभएपछि त्यसलाई कार्यान्वयन गर्न भाौतिक पूर्वाधार तथा यातायातमन्त्री बशन्त नेम्वाङ आफै सडक अनुगमनमा नियतिम रुपमा जान थालेपछिको परिणाम उपत्यकाका सडकको दुरावस्था हटेको छ । आफै सवारी चलाएर सडकमा मन्त्री आउन थालेपछि आयोजना प्रमुख, इञ्जिनियरदेखि ठेकेदारसम्म काममा केन्द्रित भएपछि उपत्यकाबासीले साँच्चीकै काम हुन थालेको महसुस गरिरहेका छन । लामो समयसम्म सडक मर्मत नगरेकोमा बेखुस बनेका उपत्यकाबासी पछिल्लो समय सरकारले गरेको कामको प्रसंशा गर्दै सधै यस्तै हुनुपर्ने सुझाव दिन्छन ।

‘गरे संभव छ भन्ने त यो सडकले देखायो, सधै यस्तै हुनुपर्छ काम,’ जनताटाइम्सको जिज्ञासामा उनीहरुले भने । आफूहरु मन्त्री नचिने पनि प्रधानमन्त्रीको निर्देशन मिडियामार्फत सुनेको बताउँदै उनीहरुले पहिलाकै जस्तो काम नहुने रोग अव हटेको अनुभुति सुनाए । त्यसो त यातायातमन्त्री नेम्वाङको दैनिकी नै बनेको छ, सडक अनुगमन यतिबेला । मन्त्रालयको नीतिगत कामसँगै उपत्यकाको सडक सुधारलाई पहिलो प्राथमिकतामा राखेर हरेक बिहान र बुलुवा मन्त्री नेम्वाङ कुनै न कुनै सडक अनुगमनमा निस्कनु हुन्छ । मन्त्री नेम्वाङले पछिल्लो पटक कलंकी–नाकढुंगा सडक खण्डको अनुगमन गर्नुभएको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै उपत्यकोका सडकमा रहेका खाल्टाखुल्टी पुर्ने अभियान अघि बढाउनु भएका मन्त्री नेम्वाङले नियमित अनुगमनकै क्रममा थानकोट नाकढुंगा सडकको अनुगमन गर्नुभएको हो ।

नाकढुंगा सडकमा रहेका खाल्टाखुल्टीका कारण सवारी आवागमनमै समस्या रहेको जानकारी संघीय सांस्द कृष्णगोपाल श्रेष्ठले गराउनु भएपछि उहाँलाई साथमा लिएर मन्त्री नेम्वाङ आफै सडकमा जानुभएको हो । अनुगमनमा प्रधानमन्त्रीका बिकाश ब्यवस्थापन बिज्ञ गजेन्द्र थपलियासमेत सहभागी हुनुभएको थियो । अनुगमनपछि मन्त्री नेम्वाङले काठमाडौं सडक डिभिजन कार्यालयका इीञ्जनियर र सडक बिस्तार आयोजनाका प्रमुखलार्य तत्काल खाल्टाखुल्टी पुर्न निर्देशन दिनुभयो । मन्त्री नेम्वाङको सक्रियतामा यतिबेला उपत्यकामा अधिकांश स्थानमा सडकका खाल्टाखुल्टी पुर्ने काम अघि बढिरेहेको छ ।

मन्त्रालयको नेतृत्व सम्हालेपछि प्रचार भन्दा पनि काममा प्राथमिकता दिई परिणाम खोज्ने अभियानमा रहनुभएका मन्त्री नेम्वाङले मातहतका निकायलाई पनि कागजी काम होइन, जनताले अनुभुति गर्ने परिणाम चाहिने भन्दै छलछाम आफूलाई सैह्य नहुने बताइसक्नु भएको छ । त्यही परिणाम उपत्यकामा यात्रा गर्ने नागरिकले महसुस गरेका हुन । नेम्वाङ गत मंसिर ५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार सम्हाल्नुभएको थियो । मंसिर ४ गते मन्त्री नियुत्तः भएपछि ५ गते शपथग्रहण गरी काम थाल्नुभएका नेम्वाङले एक महिनाभित्रै जनताले अनुभुति हुने गरी सडकको दुरावस्थालाई हटाउनु भएको हो ।

फागुनभित्र उपत्यकाका सवै सडकका खाल्डाुखल्डी हटाएर परिणाम दिने उहाँको योजना रहेको छ । ‘प्रचार होइन, काम गर्न दिनोस, परिणाम ल्याउनका लागि जहाँको सडक दुरावस्थामा छ, जानकारी गराउनोस,’ जनताटाइम्सको जिज्ञासामा मन्त्री नेम्वाङको भनाई छ ।