काठमाडौँ, असोज १२ । रोकथाम गर्न सकिने रोग भए पनि रेबिजका कारण नेपालसहित विश्वभर वर्षेनि हजारौँ मानिसको ज्यान जाने गरेको छ ।
विश्व रेबिज दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन्देश जारी गर्दै नेपालमा रेबिज अझै ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहेको जनाएको छ ।
गएको आर्थिक वर्षमा नेपालमा २ लाख २३ हजारभन्दा बढी जनावरको टोकाइका घटना दर्ता भएका छन् । तीमध्ये ९६ प्रतिशत घटना कुकुरको टोकाइसँग सम्बन्धित छन् । नेपालमा वर्षेनि झन्डै १०० जनाको रेबिजका कारण मृत्यु हुने अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचनका अनुसार कुकुर, बिरालो वा अन्य सम्भावित रेबिज सङ्क्रमित जनावरले टोकेमा वा चिथोरेमा तत्काल उपचार सुरु गर्नुपर्छ ।
उहाँका अनुसार घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुनुपर्छ र त्यसपछि तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा पुगेर रेबिजविरुद्धको खोप लगाउनुपर्छ ।
घाउमा खुर्सानी, तेल, माटो, जडीबुटी वा अन्य घरेलु पदार्थ लगाउन नहुने उहाँले बताउनुभयो ।
नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिजका कारण हुने मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ । यसका लागि देशभरका २८६ केन्द्रबाट निःशुल्क रेबिजविरुद्धको खोप सेवा उपलब्ध गराउँदै आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले घरपालुवा कुकुरलाई नियमित खोप लगाउन तथा रेबिज नियन्त्रणका लागि समुदायस्तरमा सहकार्य बढाउन आग्रह गरेको छ ।
हरेक वर्ष सेप्टेम्बर २८ मा विश्व रेबिज दिवस मनाइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक वर्ष अनुमानित ५८ हजार ९९० जनाको रेबिजका कारण मृत्यु हुने गरेको छ । मानव रेबिजका झन्डै ९९ प्रतिशत घटना कुकुरसँग सम्बन्धित छन् ।
रेबिजका कारण हुने मृत्युमा बालबालिकाको संख्या पनि उल्लेख्य रहेको छ । विश्वभर रेबिजबाट हुने मृत्युका करिब ४० प्रतिशत १५ वर्षभन्दा कम उमेरका बालबालिका रहेको तथ्याङ्क छ ।
रेबिजको रोकथाम, जनचेतना अभिवृद्धि तथा मानव र पशु स्वास्थ्












प्रतिक्रिया दिनुहोस्