कञ्चनपुर, पुस १५ । सौतेलो बावुले बलात्कार गर्दा महेन्द्रनगरमा तीन वर्षीया बालिकाको ज्यान गएको छ । भीमदत्त नगरपालिका १८ सालघारी बस्ने ३० वर्षीय इन्द्र चुनाराले बलात्कार गर्दा तीन वर्षीया सुनिता चुनाराको मृत्यु भएको हो । आफू दाउरा खोज्न जंगल गएर घरमा फर्किदा छोरीलाई बलात्कार गरिएको अवस्थामा मृत फेला पारेको आमा ललिता चुनाराले बताएकी छिन् ।
श्रीमानले नै छोरीलाई बलात्कार गरेर मारेको आफूले प्रत्यक्ष देखेको उनले प्रहरीसमक्ष किटानी जाहेरी दिएकी छिन् । बालिकाकी आमा ललिताले तीन महिना अघि मात्रै इन्द्र चुनारासँग बिहे गरेकी थिइन् । यता, प्रहरीले भने बाबुको कुटपिटबाट बालिकाको ज्यान गएको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता नरेन्द्रबहादुर चन्दका अनुसार चुनाराले कुटपिट गर्दा बालिकाको ज्यान गएको बयानका क्रममा बताएको जानकारी दिए । प्रहरीका अनुसार अचेत अवस्थामा भेटिएकी बालिकालाई महाकाली अस्पात पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका हुन् ।शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनामा संलग्न चुनारालाई हिरासतमा लिएर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्