जनता टाइम्स

१५ पुष २०७६, मंगलवार १३:२५

जम्मु–कश्मिरको वायु नेपालतिर प्रवेश गर्दै, वर्षा र हिमपात हुने भन्दै मौसम बिभागले गर्यो सतर्कता अपनाउन अपिल


काठमाडौं, पुस १५ । भारतको जम्मु कश्मिरमा विकसित पश्चिम न्यूनचापीय प्रणाली नेपालतिर प्रवेश गर्ने भन्दै मौसम बिभागले सतर्कता अपनाउन अपिल गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार आज रातिदेखि यो प्रणाली नेपालमा सक्रिय हुनेछ । आज मौसम सामान्य रहेपनि बुधबारदेखि सामान्य बदली भइ पश्चिमी र पूर्वी पहाडि भूभागमा हल्का वर्षाको संभावना रहेको छ । शुक्रबार र शनिबार पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरुण पौडेलले जानकारी दिनुभयो ।

‘न्यूनचापीय प्रणाली नेपालको पश्चिम भूभागबाट प्रवेश गर्दै पूर्वसम्म पुग्नेछ । जसले गर्दा सुदूरपश्चिमको उच्च पहाडि तथा हिमाली क्षेत्र र पूर्वी पहाडि भूभागमा वर्षा र हिमपातको संभावना छ,’ पौडेलले भन्नुभयो । यो प्रणाली आइतबारसम्म सक्रिय रहने मौसन पूर्वानुमान महाशाखाको अनुमान छ । हिमपात र वर्षपछि देशका अधिकांश स्थानमा चिसो समेत बढ्नेछ ।

तीन दिनमा कहाँ के हुँदैछ ?

पौष १५ गते

देशको पश्चिमी तथा मध्य भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक हल्का हिमपातको सम्भावना रहेको छ ।

पौष १६ गते

देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमी र पूर्वी पहाडी भूभागमा हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडि र हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपात र पानी हुने संभावना छ । देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडि र हिमालि भूभागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ ।

पौष १७ गते
देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना छ । उच्च पहाडि र हिमालि भूभागमा मध्यमदेखि भारी हिमपातको संभावना रहेको छ । उच्च पहाडि र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातको संभावना रहेको छ ।