काठमाडौं, असोज २९ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९५ पैसा निर्धारण गरेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा रहेको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७ पैसा र बिक्रीदर १७० रुपैयाँ ७४ पैसा कायम गरिएको छ। बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर २०२ रुपैयाँ ३७ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३३ पैसा रहेको छ। सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११९ रुपैयाँ तोकिएको छ।
त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४६ पैसा र बिक्रीदर ४० रुपैयाँ ६२ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
केन्द्रीय बैंकले आवश्यकताअनुसार विदेशी मुद्राको विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।














प्रतिक्रिया दिनुहोस्