जनता टाइम्स

१६ पुष २०७६, बुधबार १९:०५

सुर्खेतमा प्रहरी र विप्लव समुहबीच गोली हानाहान


सुर्खेत, पुष १६

सुर्खेतमा प्रहरी र प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहबीच आज साँझ गोली हानाहान भएको छ । सुर्खेतको बाबियाचौरमा गोली हानाहान भएको कर्णाली प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो ।

उहाका अनुसार विप्लव समूहको जनसत्ता प्रमुखसहितको टोली चन्दा संकलन गरिरहेको भन्‍ने सूचनाका आधारमा थप विवरण लिन सिभिलमा खटिएका दुईजना प्रहरीमाथि विप्लव समूहले फायर खोलेको हो । प्रहरीले पनि जवाफी फायरिङ खोलेको थियो ।

प्रहरीले थप फोर्स मगाएपछि विप्लव समूहका कार्यकर्ता भागेका थिए । यद्यपी गोली कसैलाई नलागेको प्रहरीले बताएको छ । घटनापछि सो क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।