जनता टाइम्स

१७ पुष २०७६, बिहीबार ०८:१०

सुत्केरी व्यथा लगेकी महिलालाई हेलिकोप्टरमार्फत उद्धार


रुकुमपूर्व, १७ पुस  सुत्केरी व्यथा लगेकी रुकुम (पूर्व)की एक महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथाबाट ज्यान जोखिममा परेकी रुकुम .(पूर्व) पुथाउत्तरगङ्गा गाउँपालिका–५ गरेकी २६ वर्षीया लीलामती विकको बुधबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

हेलिकोप्टरमार्फत विकलाई नेपालगञ्ज लगिएको प्रजिअ मोहनप्रसाद अर्यालले जानकारी दिनुभयो । ४८ घण्टाअगाडि सुत्केरी व्यथा शुरु भए पनि आजसम्म बच्चा जन्मिन नसकेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको प्रजिअ अर्यालले बताउनुभयो ।

विकलाई सुत्केरी व्यथा लागेपछि स्थानीय स्वास्थ्यचौकीमा लगिएको तर त्यहाँका स्वास्थ्यकर्मीले यो बच्चा निकाल्न जिल्लामा असम्भव हुने बताएपछि विकलाई नेपालगञ्ज रिफर गरिएको थियो ।