काठमाडौं, कात्तिक १३ । अफगानिस्तानका पूर्वकप्तान राशिद खान पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २०० विकेट पूरा गर्ने पहिलो बलर बनेका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा बिहीबार राति जिम्बाब्वेसँग भएको दोस्रो टी–२० खेलका क्रममा उनले यो कीर्तिमान बनाएका हुन्।
२८ वर्षीय राशिदले १२० खेलमा १३.९६ को औसत र ६.१३ को इकोनोमी रेटमा २०० विकेट लिएका छन्।
यसअघि उनले गएको वर्ष अक्टोबरमा यूएईको अबुधाबीमा बङ्गलादेशसँगको खेलमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २०० विकेट पूरा गर्ने पहिलो अफगानी बलरको उपलब्धि हासिल गरेका थिए।
पुरुष टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा इङ्ग्ल्यान्डका आदिल रशिद दोस्रो स्थानमा छन्। उनले १५३ खेलमा १७१ विकेट लिएका छन्। हङकङका एहसान ११९ खेलमा १६५ विकेटसहित तेस्रो स्थानमा छन्।
नेपालका सन्दीप लामिछाने ८० खेलमा १४२ विकेटसहित सूचीको १३औँ स्थानमा छन्।














प्रतिक्रिया दिनुहोस्