काठमाडौँ, कात्तिक ११ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेल अपराह्न ४ः३० बजे सुरु हुनेछ ।
सुदूरपश्चिम रोयल्सको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् भने पोखरा एभेन्जर्सको नेतृत्व कुशल भुर्तेलले गर्नेछन् ।
सुदूरपश्चिमको टोलीमा विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे, नरेन साउद, हेमन्त धामी, मिलन बोहरा, दीपक बोहरा, टेकबहादुर रावत, हिक्मत महरा, अनिल खरेल, आयुव चन्द, सचिन भट्ट र टेकराज थलाल छन् ।
टोलीका विदेशी खेलाडीमा शेरफेन रदरफोर्ड, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन र फेबियन एलेन छन् ।
यस्तै, पोखरा एभेन्जर्सको टोलीमा दिनेश खरेल, सागर ढकाल, अर्जुन कुमाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, अर्जुन घर्ती, सुदीप अर्याल, विवेक रानामगर, सन्नी विक, प्रतीक पोखरेल र विपिन आचार्य छन् ।
पोखराका विदेशी खेलाडीमा शाकिब अल हसन, मेहदी हसन, मोहम्मद सैफुद्दिन, चमिका करुणारत्ने र धनञ्जय लक्षण छन् ।














प्रतिक्रिया दिनुहोस्