काठमाडौं, कात्तिक १३ । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र साह बालेन प्रति प्रश्न उठाउँदै सरकारको कार्यशैली र कानुनी शासनप्रतिको प्रतिबद्धतामाथि टिप्पणी गर्नुभएको छ।
उहाँले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै देशमा उग्रता प्रदर्शन गर्ने र कानुन मिच्ने प्रवृत्तिलाई कसले प्रोत्साहन गरिरहेको छ भन्ने प्रश्न गर्नुभएको छ।
बमले गिरफ्तार गरिएका पत्रकारलाई रिहा गर्न निर्देशन दिने र त्यसपछि प्रहरी प्रमुख दानबहादुर कार्कीलाई बर्खास्त गरेर देखावटी कारबाही गर्ने प्रवृत्ति दोहोरिन सक्ने आशंका व्यक्त गर्नुभएको छ।
उहाँले कानुनी शासनप्रति प्रतिबद्धता नभएको सत्ताले आज नभए भोलि कुनै न कुनै बहानामा निरंकुशता ल्याउन सक्ने चिन्ता व्यक्त गर्दै नागरिकलाई सचेत र सतर्क रहन आग्रह गर्नुभएको छ।
उहाँको टिप्पणीमा भनिएको छ, “प्रधानमन्त्रीज्यू, यो देशमा उग्र हुन र कानुन मिच्न कसले सिकाएको छ ? अब ‘रिहा गर्नू’ भनेर निर्देशनको चटक देखाउने, अनि त्यसपछि बर्खास्तीको नाटक गर्ने त होला हैन ? तर कानुनी शासनप्रति प्रतिबद्धता नभएको सत्ताले आज नभए भोलि कुनै न कुनै बहानामा निरंकुशता ल्याएरै छाड्छ। त्यसैले सचेत रहौँ, सतर्क रहौँ।”














प्रतिक्रिया दिनुहोस्