जनता टाइम्स

१३ कार्तिक २०८३, शुक्रबार १९:०९

पत्रकारलाई पक्राउ गर्न भन्दै सात जनाको टोली नयाँ पत्रिकाको कार्यालयमा


काठमाडौं, कात्तिक १३ । आफूहरू नेपाल प्रहरी भएको दाबी गर्दै सात जनाको एक समूह आज नयाँ पत्रिकाको कार्यालयमा प्रवेश गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काको आदेश भन्दै उक्त समूह नयाँ पत्रिकाको कार्यालयमा पुगेको हो ।

समाचार लेखेकै आधारमा पत्रकार नवराज मैनालीलाई कार्यालयमा उपस्थित गराउने भन्दै टोलीले धरपकडको प्रयास गरेको थियो । मैनालीलाई लिएर जाने भन्दै उक्त समूह समाचार कक्षमै प्रवेश गरेको बताइएको छ ।

सात जनाको समूहले आफूहरू प्रहरी भएको दाबी गर्दै पत्रकारलाई कार्यालयबाटै लैजान खोजेपछि नयाँ पत्रिकाको कार्यालयमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल पनि कार्यालयमा पुग्नु भएको छ । उहाँले साे टाेलीसँग छलफल गर्नु भएकाे छ ।