काठमाडौं, कात्तिक १३ । नेकपा एमालेको मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलाका निम्ति ९ सदस्यीय प्रचार समिति गठन भएको छ ।
बिहीबार प्रचार कामको योजना बनाउनका लागि पार्टी कार्यालय, च्यासलमा आयोजित बैठकले समिति गठन गरेको प्रचार विभागका प्रमुख तथा समितिका संयोजक नीरज आचार्यले जानकारी दिनुभयो । उक्त समितिले राष्ट्रिय भेलालाई लक्षित गर्दै विभिन्न प्रचार काम गर्ने छ ।
समितिमा संयोजक आचार्यसहित सदस्यहरू गणेश बस्नेत, गणेश पाण्डे, श्रीधर आचार्य, उजिर मगर, विश्वमणि सुवेदी, चेतन अधिकारी, हिरामान लामा र निमा काफ्ले रहनु भएको छ । समितिको बैठक छिटै बोलाइ आवश्यक योजना बनाइने छ ।
बिहीबारको बैठकले राष्ट्रिय भेलाका विषयमा विभिन्न नेताहरूको अन्तर्वार्ता र प्रचारात्मक संवाद गर्नका निम्ति प्रेस चौतारी नेपाललाई जिम्मेवारी दिएको छ ।
त्यससँगै एमालेले नेतृत्व गरेका विभिन्न स्थानीय तहका मुख्य-मुख्य कामहरूको प्रचार गरिने र त्यसका लागि सम्बन्धित स्थानीय तहसँग गरिएका कामहरूको विवरण माग गरिने भएको छ ।














प्रतिक्रिया दिनुहोस्