काठमाडौं, कात्तिक १३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विनापुर्जी नागरिकलाई पक्राउ गर्नु सर्वसत्तावादी अभ्यास भएको टिप्पणी गर्नुभएको छ ।
पत्रकार पक्राउ र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरेको घटनाप्रति प्रतिक्रिया दिँदै उहाँले यस्तो कार्यले नागरिकमा त्रास फैलाउने बताउनुभएको हो ।
पोखरेलले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत राज्यका सबै अङ्गलाई त्रासमा राखेर नियन्त्रणमा लिन खोज्नु फाँसीवादको स्पष्ट सङ्केत भएको उल्लेख गर्नुभएको छ । ‘विनापुर्जी पक्राउ गर्नु नागरिकमाथि त्रास फैलाउने सर्वसत्तावादी अभ्यास हो, शक्ति पृथकीकरणको सिध्दान्त विपरित राज्यका सबै अंगलाई त्रासमा राखेर नियन्त्रणमा लिन खोज्नु फासीवादको प्रष्ट संकेत हो’, पाेखरेलकाे धारणा छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले सामाजिक सञ्जालको लहरबाट उदाएको जनमतले शासकीय शैलीलाई विधिसम्मत बनाउन नसके त्यही जनमत उल्टिन समय नलाग्ने चेतावनीसमेत दिनुभएको छ । ‘सामाजिक सञ्जालको लहरबाट उदाएको जनमतले शासकीय शैली विधिसम्मत बनाउन सकेन भने, त्यही जनमत उल्टिन समय लाग्दैन, समयमै सचेत हुनु राम्रो !’ उहाँले लेख्नुभएको छ ।
उहाँले राज्य सञ्चालनमा विधिको शासन, शक्ति पृथकीकरण र नागरिक अधिकारको सम्मान हुनुपर्ने आशय व्यक्त गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्